Skip to content
Prabhu

सेवा रेमिटको इजाजत खारेज

nabil

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेवा रेमिट प्रालिको इजाजत पत्र खारेज गरेको छ । केन्द्रीय बैंकले आज सूचना जारी गरेर विप्रेषण कारोबार गर्न अनुमति प्राप्त गरेको सो कम्पनीको इजाजत पत्र खारेज गरेको जानकारी दिएको हो ।

नेपाल राष्ट्र बैंक, विप्रेषण विनियमावली, २०७९ बमोजिम खारेज हुने देखिएकाले विप्रेषण कारोबारको सिलसिलामा सो कम्पनीसँग कुनै पनि व्यक्ति वा संस्थाले लिन बाँकी रहेको भए जानकारी दिन केन्द्रीय बैंकले जनाएको छ ।

राष्ट्र बैंकले कुनै लेनदेन बाँकी रहेको भए सूचना प्रकाशित भएकाले ३५ दिनभित्र जानकारी गराउन आग्रह गरेको छ । सो म्यादभित्र लिखित जानकारी प्राप्त हुन नआएमा सेवा रेमिट प्रालिको बैंक जमानत फुकुवा हुने ब्यहोरा सूचनामा उल्लेख गरिएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal