Skip to content
Prabhu

तीन सय भन्दा कममै पाइन्छ यी वाणिज्य बैंकको सेयर, कुनै बैंकको सेयर मूल्य कति ?

nabil

काठमाडौं । सेयर बजारमा सूचिकृत भएका वाणिज्य बैंकहरुमध्ये १० वटाको सेयर मूल्य ३०० रुपैयाँ भन्दा तल रहेको छ । दशैँ पछिको अन्तिम कारोबार दिन बिहीबारको कारोबार बन्द हुँदा ९ वटा वाणिज्य बैंकको सेयर मूल्य दोस्रो बजारमा ३०० रुपैयाँ भन्दा कममा खरिद गर्न सकिने देखिन्छ ।

यो साताको कारोबार बन्द हँदा सिटिजन्स बैंक, ग्लोबल आईएमई बैंक, हिमालयन बैंक, कुमारी बैंक, माछापुच्छ्रे बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र एनमएबी बैंकको सेयर मूल्य ३०० रुपैयाँ भन्दा तल रहेको छ । त्यस्तै प्राइम कमर्सियल बैंक, लक्ष्मी सनराइज बैंक र प्रभु बैंकको सेयर मूल्य पनि ३०० रुपैयाँ भन्दा तल रहेको छ ।

यो हप्ताको कारोबार बन्द हुँदा सिटिजन्स बैंकको सेयर मूल्य प्रतिकित्ता २६० रुपैयाँ रहेको छ । त्यस्तै ग्लोबल आइएमई बैंकको सेसर मूल्य २६६ रुपैयाँ ५० पैसा, हिमालय बैंकको २७८ रुपैयाँ ८० पैसा र कुमारी बैंकको २४३ रुपैयाँ पुगेको छ । वाणिज्य बैंकमध्ये सबै भन्दा कम सेयर मूल्य भएको बैंक पनि कुमारी नै हो ।

त्यस्तै ३०० रुपैयाँ भन्दा कम सेयर मूल्य भएको अन्य बैंकहरुमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सेयर मूल्य २५६ रुपैयाँ १० पैसा, प्राइम कमर्सियल बैंकको २९८ रुपैयाँ लक्ष्मी सनराइज बैंकको २६७ रुपैयाँ र प्रभु बैंकको सेयर मूल्य २६५ रुपैयाँ रहेको छ । अहिलेको अवस्थामा दोस्रो बजारमा सबै भन्दा धेरै सेयर मूल्य भएको वाणिज्य बैंकमा स्टाण्र्डर्ड चार्टर्ड बैंक रहेको छ । यो बैंकको सेयर मूल्य प्रतिकित्ता ७१० रुपैयाँ रहेको छ । त्यसपछि एभरेष्ट बैंकको ६१५ रुपैयाँ र नविल बैंकको ६०७ रुपैयाँ १० पैसा रहेको छ । एनआईसी एशिया बैंकको सेयर मूल्य पनि ४९३ रुपैयाँ रहेको छ ।

३०० रुपैयाँ भन्दा माथि सेयर मूल्य हुने अन्य बैंकमा नेपाल एसबिआई बैंक (४८१.१०), कृषि विकास बैंक (३९४), सिद्धार्थ बैंक (३६३), सानिमा बैंकको (३४८) र नेपाल बैंकको सेयर मूल्य (३००) रुपैयाँ रहेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal