Skip to content

प्रभु बैंक र गण्डकी ट्याक्सी व्यवसायबीच नगदरहित भुक्तानी प्रणालीको सम्झौता

nabil
global ime

काठमाडौं । प्रभु बैंक र गण्डकी ट्याक्सी व्यवसाय प्रालिबीच नगदरहित भुक्तानी प्रणालीको सहकार्यसम्बन्धी सम्झौता भएको छ।

गण्डकी ट्याक्सी व्यवसायमा आबद्ध ट्याक्सी व्यवसायीहरूको प्रभु बैंकमा रहेको खाताबाट सहज रूपमा रकम झिक्न, खाताको पूर्ण जानकारी मोबाइल एपबाटै प्राप्त गर्न, विभिन्न बैंकरवित्त तथा अन्य गेट–वेमार्फत् रकमान्तर तथा भुक्तानी गर्न, महसुल तथा शुल्क भुक्तानी गर्न, सार्वजनिक यातायातमा हुने भुक्तानीलाई विद्युतीय भुक्तानी प्रणालीमा आबद्ध गराउन प्रभु बैंक र गण्डकी ट्याक्सी व्यवसायबीच बिहीबार सम्झौता भएको हो।

सो सम्झौतामा प्रभु बैंकका गण्डकी प्रदेश, प्रमुख व्यवसाय केन्द्र अधिकृत शान्ति शेरचनको उपस्थितिमा बैंकको तर्फबाट प्रमुख प्रदेश अधिकृत राजु राना मगर तथा गण्डकी ट्याक्सी व्यवसायको तर्फबाट अध्यक्ष गान्धिराज गिरीले हस्ताक्षर गरेका छन्।

हस्ताक्षर कार्यक्रममा फोन पेको तर्फबाट समेत प्रतिनिधिहरूको उपस्थिति थियो। बैंकका अनुसार सेवाग्राहीहरूले ट्याक्सी चालकसँग रहेको प्रभु बैंकद्वारा उपलब्ध गराइएको क्युआरमार्फत् भाडा भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको छ। गण्डकी ट्याक्सीमा आबद्ध १ सय ५० भन्दा बढी ट्याक्सी चालकका लागि बैंकको तर्फबाट क्युआर, डेबिट कार्ड तथा डिजिटल सचेतनासँग सम्बन्धित सामग्री उपलब्ध गराइएको छ।

निकट भविष्यमा अन्य ३ सय ५० भन्दा बढी चालकलाई यस्तो सुविधा उपलब्ध गराइने कार्यक्रम रहेको बैंकले जनाएको छ। कार्यक्रममा बैंकको तर्फबाट ट्याक्सी चालकहरूका लागि क्युआर, डेबिट कार्ड तथा अन्य डिजिटल उत्पादनहरूको सञ्चालन, उपयोगिता, रकमान्तर तथा यसबाट हुने जोखिम न्यूनीकरणका उपायहरू सम्बन्धमा झन्डै १ घन्टाको दृश्यचित्रसहित चेतनामूलक सामग्री प्रस्तुत गरिएको थियो।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima