Skip to content
Prabhu

सपोर्ट लघुवित्तको लाभांश घोषणा

nabil

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरूलाई १४.५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । लघुवित्तको कात्तिक ४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरण योग्य मुनाफा समेतबाट शेयरधनीहरूलाई चुक्ता पुँजीको १३.७७५ प्रतिशत बोनस सेयर र ०.७२५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) गरी कुल १४.५० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

घोषित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी दशौं वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरूमा वितरण हुनेछ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal