Skip to content
Prabhu

हिमालयन रि इन्स्योरेन्सको आईपीओ बाँडफाँड ३० कित्तासम्म आवेदन दिनेले माग अनुसार पाए

काठमाडौं । हिमालयन रि इन्स्योरेन्सको सार्वजनिक निष्कासन(आईपीओ) बाँडफाँड भएको छ । 

कम्पनीले मंसिर २७  गतेदेखि पुस १ सम्म एक सय ६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता दुई सय ६ रुपैयाँको दरले सेयर निष्कासन गरेको थियो । 

दुई  करोड ४९ लाख कित्ता सेयर निष्कासन गरेकोमा कम्पनीमा १५ लाख ७३ हजार २१९ जनाले आवेदन दिएका थिए । जसमा आठ हजार ६५५ जनाको आवेदन रद्द भएको थियो । 

कम्पनीको सेयरमा आवेदन दिने मध्ये १० देखि ३० कित्तासम्म आवेदन दिनेले माग अनुसार सेयर पाएका छन् । ४० कित्ता सेयर २९ हजार २१ जना आवेदकले पाएका छन् । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal