Skip to content
Prabhu

युएईले स्वीकार गर्यो भारतीय रुपैयाँ, कच्चा तेल भारतीय रुपैयाँमा बिक्री

नयाँ दिल्ली । युनाइटेड अरब इमिरेट(युएई)ले कच्चा तेल बिक्री गर्दा पहिलो पटक भारतीय रुपैयाँ स्वीकार गरेको छ । 
१० लाख ब्यारेल कच्चा तेलको भुक्तानीको लागि भारतले भारतीय रुपैयाँमा भुक्तानी गरेको हो । भारत सरकारले जुलाईमा युएईसँग भारतीय रुपैयाँमा कारोबार गर्ने सम्झौता गरेको थियो । 
भारत र युएईबीच अहिलेसम्म अमेरिकी डलरमा भुक्तानी हुँदै आएको थियो । इन्डियन आयल कर्पोरेशनले युएईको अबुधाबी नेशनल आयल कम्पनीलाई १० लाख ब्यारेल तेल खरिदको भुक्तानी भारतीय रुपैयाँमा गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
 भारतले रुसबाट आयात हुने तेलको भुक्तानी पनि भारतीय रुपैयाँमा गरिसकेको छ । युएईसँगको भुक्तानीले भारतीय अर्थव्यवस्थालाई बलियो बनाउने अनुमान गरिएको छ । 
Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal