Skip to content

होटल व्यवसायलाई पर्यटन उद्योगको मान्यता दिन माग

nabil bank

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको पर्यटन तथा हवाई यातायात समितिले अर्थमन्त्री डा प्रकाशरण महतलाई भेटेर होटल व्यवसायलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगमा वर्गीकरण गर्न माग गरेको छ । 

महासंघका उपाध्यक्ष हेमराज ढकाल र पर्यटन तथा हवाई यातायात समितिका सभापति देशबन्धु बस्नेत (अजित) को नेतृत्वमा गएको उक्त प्रतिनिधिमण्डलले होटल व्यवसायले अर्थतन्त्र र गन्तव्य विकासमा विशेष योगदान पुर्‍याउने होटल क्षेत्र देशको गरिमा समेत रहेको भन्दै महत्त्वपूर्ण क्षेत्रलाई ‘औद्योगिक व्यवसाय ऐन २०७६’ मा पर्यटनमा मात्र वर्गीकरण गरिएको भन्दै अबका दिनमा राष्ट्रिय प्राथमिकता प्राप्त उद्योग क्षेत्रमा समावेश गराउन आग्रह गरेको हो । 

यस्तै महासंघले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनको कारण विदेशी ब्राण्डहरु नेपालमा सञ्चालन गर्न कठिन भएको भन्दै यसलाई संसोधन गर्न माग गरेको हो । 

ऐनमा विदेशी ब्राण्डले ५ प्रतिशतभन्दा बढी रोयल्टी नपाउने प्रावधान छ । यसले विदेशका चर्चित ब्राण्डहरु नेपालमा सञ्चालन गर्न कठिनाई हुने धारणा व्यवसायीको छ । 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi