Skip to content
Prabhu

हिमालयन क्यापिटलको साधारणसभा कात्तिक २८ गते, लाभांश प्रस्ताव पारित गर्ने

nabil

काठमाडौं । हिमालयन क्यापिटल लिमिटेडको ७ औँ वार्षिक साधारण सभा कात्तिक २८ गतेका लागि बोलाइएको छ । क्यापिटलको साधारणसभा कात्तिक २८ गते विहान ११ बजे आफ्नै रजिष्टर्ड कार्यालय आयोजना हुने भएको हो ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरेको ७ प्रतिशत नगद लाभांश (कर सहित) पारित गर्ने एजेण्डा तय गरेको छ । त्यस्तै सभाले रजिष्टर्ड कार्यालयको ठेगाना बदल्ने र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ ।

यसका साथै गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षण प्रतिवेदन लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने, चालु आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने, सञ्चालकको नियुक्ति र भत्ता तथा अन्य सुविधाको विषयमा छलफल गर्ने प्रस्ताव पनि रहेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal