Skip to content
Prabhu

व्यवसाय भन्दा बढी कर्जा लिएर दुरुपयोग हुँदा समस्या बढ्योः गभर्नर अधिकारी

चितवन । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले व्यवसायको आकारभन्दा बढी कर्जा लिएर दुरुपयोग गर्दा समस्या बढेको बताएका छन् । 

नेपाल बैकर्स संघको चितवनमा भएको साधारणसभालाई सम्बोधन गर्दै गभर्नर अधिकारीले कागजमा व्यवसाय देखाएर कर्जा लिएको कारण समस्या बढेको बताएका हुन् । 

गभर्नर अधिकारीले कर्जा दिदा ध्यान दिएर प्रवाह गर्न बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई निर्देशन दिए । 

गभर्नर अधिकारीले बैंकको अवस्थाको बारेमा बुझाउन नसकेको कराण समग्र क्षेत्रले गाली खानु परेको बताएका हुन् । 

‘बैंकलाई मिटरब्याजी र साहुमहाजनसँग तुलना गरिएको छ जबकी बैंकिङ क्षेत्रको प्रतिफल निरन्तर घट्दो क्रममा रहेको छ’ गभर्नर अधिकारीले भने । 

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal