Skip to content
Prabhu

७९१ प्रतिशतले बढ्यो सिद्धार्थ बैंकको मुनाफा, ईपीएस कति ?

nabil

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको नाफामा उल्लेख्य सुधार देखिएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार ७९१ प्रतिशतले नाफा बढेको हो ।

असोज मसान्तसम्मको अवधिमा बैंकले खुद नाफा ७९१.४३ प्रतिशतले बृद्धि भएको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्म ३८ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्ष यसले ४ करोड २८ लाख रुपैयाँ नाफा कमाएको थियो ।

समीक्षा अवधिमा सिद्धार्थ बैंकको खुद ब्याज आम्दानी ६.०१ प्रतिशतले बढेर दुई अर्ब ८ करोड ८२ लाख रुपैयाँ पुगेको छ । गत वर्षको साही अवधिमा बैंकको यस्तो आम्दानी एक अर्ब ९६ करोड ९८ लाख थियो । यस अवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज एक अर्ब ४३ करोडबाट घटेर एक अर्ब ५० लाख कायम भएको छ । उक्त चार्ज घट्दा नाफामा सुधार आएको विवरणले देखाएको छ । यता, बैंकको सञ्चालन नाफा पनि ५७६.३३ प्रतिशतले बढेको छ । यसको वितरणयोग्य नाफा २६ करोड ४३ लाख रहेको छ ।

१४ अर्ब ८ करोड ९९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको सिद्धार्थको जगेडा कोषमा १४ अर्ब ६ करोड रुपैयाँ जम्मा रहेको छ । यसले बैंकलाई दिगो र सबल देखाउँछ । सिद्धार्थ बैंकको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ४५ पैसाले बढेर १० रुपैयाँ ६४ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ २०१ रुपैयाँ ७२ पैसा रहेको छ ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal