काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले असोजको दोस्रो साता परेको अविरल वर्षाका कारण आएको बाढी पहिरोबाट पीडितमध्ये आधाभन्दा बढी बिमितहरूलाई दाबी भुक्तानी दिएको छ । बाढी पहिरोका कारण धनजनको क्षति भएपछि कम्पनीमा बिमितहरूले दाबीका लागि निवेदन दिएकामध्ये आधाभन्दा बढीको दाबी भुक्तानी गरेको हो ।
कम्पनीमा परेका दाबीमध्ये ६० प्रतिशत दाबीको भुक्तानी गरिसकिएको कम्पनीले जानकारी दिएको छ । साथै क्षति यकिन गरी दाबी रकम निर्क्यौल गर्नका लागि केही दाबीहरूमा बीमितबाट आवश्यक काजगात आइनसकेकाले बाँकी भुक्तानीको काम ढिलो भएको कम्पनीले जारी गरेको सूचनामा भनिएको छ । कम्पनीले बिमितलाई जतिसक्दो छिटो कागजात उपलब्ध गराउनसमेत आग्रह गरेको छ ।
साथसाथै कम्पनीबाट नियुक्त भएका बीमा सर्भेयरलाई समेत यथाशीघ्र सर्भे प्रतिवेदन पेस गरी शीघ्र दाबी व्यवस्थापनमा सहयोग पुर्याउन आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्