काठमाडौं । नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृतमा तिलकराज पाण्डे नियुक्त भएका छन् ।
बैंकको सञ्चालक समितिको बैठकले चार वर्षको लागि पाण्डेलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
नेपाल बैंकको सीईओ बन्न आवेदन दिएकामध्ये छनोट समितिले पाँचजनालाई छानेको थियो ।
जसमा पाण्डेलाई सीईओ बनाउने निर्णय सञ्चालक समितिले गरेको हो ।
पाण्डेसँग दुई दशकको बैंकिङ अनुभव रहेको छ ।
प्रतिक्रिया दिनुहोस्