Skip to content
Prabhu

कामना सेवा विकास बैंकको नाफा १७ करोड बढी, इपिएस कति ?

nabil

काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा कामना सेवा विकास बैंकले १७ करोड भन्दा बढी नाफा कमाएका छन् । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफा १७ करोड ४९ लाख ७९ हजार रुपैयाँ नाफा पुगेको छ ।
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा गत आवको सोही अवधिको तुलनामा बैंकको नाफा ४६.४० प्रतिशतले बढेको हो । गत आवको सोही अवधिमा बैंकको नाफा ११ करोड ९५ लाख २१ हजार रुपैयाँ रहेको थियो । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेसँगै बैंकको नाफा बढ्न सहयोग पुगेको छ ।
असोज मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ५.६७ प्रतिशतले बढेर ५१ करोड ८७ लाख ४१ हजार रुपैयाँ पुगेको छ । यस्तै सञचालना नाफा ४२.५६ प्रतिशतले बढेर २५ करोड ६७ लाख ५६ हजार रुपैयाँ पुगेको छ । असोज मसान्तसम्म बैंकको वितरणयोग्य नाफा २० करोड ९८ लाख ४४ हजार रुपैयाँ रहेको छ । हाल बैंकको चुक्ता पुँजी ३ अर्ब ५१ करोड ८ लाख ४६ हजार र जगेडा कोषमा १ अर्ब ६९ करोड ३२ लाख २६ हजार रुपैयाँ छ ।
६० अर्ब ७५ करोड ५३ लाख ८९ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ४७ अर्ब ४० करोड ६७ लाख ११ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । हाल बैंकको प्रतिसेयर आम्दानी (इपिएस) १९ रुपैयाँ ९४ पैसा छ । गत आवको सोही अवधिमा १४ रुपैयाँ ५७ पैसा रहेको थियो । बैंकको खराब कर्जा ३.९६ प्रतिशत रहेको छ । जुन गत आवको सोही अवधिमा ३.४८ प्रतिशत रहेको थियो ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal