Skip to content
Prabhu

७ दिनका लागि बैंकिङ प्रणालीबाट ४० अर्ब तान्दै राष्ट्र बैंक

nabil

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारबाट ४० अर्ब रुपैयाँ उठाउने भएको छ । बजारमा अधिक तरलता बढेसँगै राष्ट्र बैंकले कात्तिक ७ गते आज बुधबार ४० अर्ब रुपैयाँ उठाउन लागेको हो ।

७ दिन अवधीका लागि राष्ट्र बैंकले उठाउन लागेको ४० अर्ब रुपैयाँको साँवा तथा ब्याज बैंकहरुले कात्तिक १४ गते फिर्ता पाउने राष्ट्र बैंकले जनाएको छ । क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुले घटीमा १० करोड र बढीमा ५ करोडले भाग गर्दा निःशेष आउने अंक बराबरको निक्षेप राष्ट्र बैंकमा राख्न सक्ने बैंकले जनाएको छ ।

बैंकहरुले त्यसरी राखेको निक्षेपको ब्याजदर भने बोल कबोलका माध्यमबाट निर्धारण हुनेछ । अर्थात् सबैभन्दा थोरै ब्याजदर कबोल गर्ने बैंक तथा वित्तीय संस्थाको निक्षेप राष्ट्र बैंकले स्वीकार गर्ने राष्ट्र बैंकले जनाएको छ ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal