काठमाडौं । कृषि विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म १९ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको यसैअवधिमा बैंक ८८ करोड ८० लाख रुपैयाँमा घाटामा रहेको बैंकले चालु आवको तीन महिनाको अवधिमा नाफामा सुधार ल्याएको हो ।
बैंकको खुद ब्याज आम्दानी २५.१८ प्रतिशतले घटेर १ अर्ब ५४ करोड ४० लाख कायम भएको छ । गत आवमा यस्तो आम्दानी २ अर्ब ६ करोड थियो । यस बैंकको इम्पेयरमेन्ट चार्ज ५८ प्रतिशत घटेर ९० करोड २२ लाख रुपैयाँ कायम भएको छ । जसकारण गत वर्ष घाटामा भएको बैंक अहिले नाफामा गएको हो । बैंकको वितरणयोग्य नाफा २ अर्ब ७९ करोड ३१ करोड रहेको छ । उक्त रकमबाट कम्पनीको लाभांश वितरण क्षमता २०.१६ प्रतिशत हुन्छ ।
चुक्ता पुँजी १८ अर्ब ८८ करोड ४३ लाख रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा १५ अर्ब ८२ करोड रुपैयाँ जम्मा रहेको छ । यसको प्रतिसेयर आम्दानी ३.२५ रुपैयाँ कायम छ ।
प्रतिक्रिया दिनुहोस्