Skip to content
Prabhu

आशा लघुवित्तले बोलायो साधारणसभा, लाभांश प्रस्ताव पारित गर्ने

nabil

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले आठौं वार्षिक साधारणसभा मंसिर ७ गतेका लागि बोलाएको छ । लघुवित्तको कात्तिक ८ गते बसेको सञ्चालक समितिको बैठकले बनेपा–७ स्थित होटल उग्रचण्डीमा दिउँसो ३ बजेका लागि सभो बोलाउने निर्णय गरेको हो ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरेको चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) स्वीकृत गर्नेछ । यसका साथै वार्षिक र लेखापरीक्षण प्रतिवेदन सहित अन्य वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने र चालु आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि र अन्य उपयुक्त संस्थासँग मर्जर र सो सम्बन्धी अन्य आवश्यक कार्यहरू गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि रहेका छन् । सभा प्रयोजनार्थ कम्पनीले कात्तिक २५ गते १ दिनका लागि बुक क्लोज गर्नेछ । यसका आधारमा कात्तिक २१ गतेसम्म कायम शेयरधनीहरू सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal