Skip to content
Prabhu

बीमाको प्रिमियम शुल्क घटाउन बिराटनगरका उद्योगीको माग

बिराटनगर । बिराटनगरका उद्योगीले बीमाको प्रिमियम शुल्क घटाउन माग गरेका छन् । बीमा क्षेत्रको  नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणका अध्यक्ष एवं प्रतिनिधिहरु समक्ष विराटनगरका उद्योगी व्यवसायीले बीमासँग सम्वन्धीत समस्या प्रस्तुत गरी समाधानका लागि बीमा प्राधिकरणको सक्रियताका लागि आग्रह गरेका छन । 

उद्योग संगठन मोरङ र नेपाल बीमा  प्राधिकरणको संयूक्त आयोजनामा संगठनमा सम्पन्न बीमा सम्वन्धी छलफल तथा अन्तरक्रियामा संगठनका अध्यक्ष्ँ राकेश सुरानाले उद्योग व्यवसाय क्ष्ँेत्र बिषम परिस्थितीबाट गुज्रीरहेका वर्तमान समयमा विभिन्न बीमाको प्रिमीयम शुल्कमा भईरहेको वृद्धिले उपभोक्ता थपमारमा परेको भन्दै प्रिमीयम शुल्कलाई उपभोक्ता मैत्री वनाउन प्राधिकरणको अग्रसरताका लागि अनुरोध गरे । उनले बीमा कम्पनीहरुले हाल वाढी, पहिरो, भुकम्प, आंधितुफान लगायत अन्य धेरै प्रकारका जोखिमहरुलाई एउटै डालोमा हालि विमा गर्न वाध्य बनाएको हुदा उपभोक्ता अधिकारीलाई मध्यनजर गरी आफुलाई आवश्यक शिर्षक मात्र छनौट गर्न दिईनुपर्नेमा जोड दिए । 

अध्यक्ष सुरानाले लस अफ प्रफिट पोलिसीको प्रावधान नभएकाले ठुलो घाटा भइरहेको हुदा उक्त पोलिसीको अविलम्व व्यवस्था गर्न, ट्रान्जिट इन्स्यूरेन्स अन्तरगत लिइने मेरिन पोलिसी र स्वदेशमा ढुवानीका लागी लिइने पोलीसी दरमा लगभग समान भएकाले यसमा परिवर्तन गर्न अनुरोध गरे त्यसैगरी कच्चा पदार्थ र मिल मेशिनेरीलाई जोखिम प्रकृतिका आधारमा फरक फरक वर्गिकरण गरि सोही अनुरुप प्रिमीय लिने व्यवस्था गर्न र कृषिमा आधारित सबै क्लेमको भुक्तानीको सरल व्यवस्था गर्न प्राधिकरणको पहलका लागि अनुरोध गरे । 

बीमा प्राधिकरणका अध्यक्ष्ँ सूर्य प्रसाद सिलवालले प्रिमीयम शुल्क संशोधन गर्द वस्तुको प्रकृतिका आधारमा गरिने भएकाले सबैप्रकारका प्रिमीयम शुल्कमा नभई केहीमा वढी भएको वताए । त्यसैगरी बीमाको कभरेजमा गेप नहोस भनि कतिपय पोलिसीलाई एकिकृत गर्नुपरेको, डोमेस्टिक ट्रान्जिटको हकमा भोलुम कम हुनुका साथै प्रोपर्टि र व्रेकडाउन पोलिसीलाई एकैपटक लिनुपर्दा उपभोक्तालाई प्रिमीयम शुल्क वढी पर्न गएको वताउदै बीमा प्रति उपभोक्ताले विश्वास गर्नुपर्ने धारणा राखे । 

उनले बीमा कम्पनीहरुमा रि ईन्स्यूरेन्य गर्नुपर्दा ग्लोवल कम्पनीहरुको शर्तहरु समेत पालना गर्नुपर्ने भएकाले कतिपय शिर्षकहरुलाई एउटै वास्केटमा समावेश गर्नुपरेको र वताउदै बीमा कम्पनीहरुलाई समेत आफनो सेवालाई विस्तार गर्न अनुरोध गरे । बीमा प्राधिकरण पर्ने मुद्दाका सन्दर्भमा स्पष्ट पार्दै सिलवालले  प्राधिकरले मेलमिलाप तथा मध्यस्ताको माध्यमबाट बार्षिक सय भन्दा वढी बीमा सम्वन्धी मुद्दाको छिनोफानो गर्दै आएको र आगामी दिनमा यो संख्यालाई वढाउदै लैजाने आश्वासन दिए ।  

नेपाल बीमा प्राधिकरण प्रमुख कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा कम्पनीहरुले अन्तर्राष्ट्रिय अभ्यासलाई आधार मानी प्रिमीयम दर संशोधन गर्दै आएको स्पष्ट पारे । उनले बीमा कम्पनीहरुले उपभोक्ताको अधिकार हनन नहुने गरी सरल र सहज वातावरणमा  सेटलमेन्ट गर्नुपर्ने बिचार व्यक्त गर्दै पुराना मात्र नभएर नयाँ स्थापना भएका उद्योग व्यवसायको हक हितलाई समेत मध्यनजर गरी सहज रुपले बीमा गर्ने व्यवस्था गर्नुपर्ने धारणा राखे । 

छलफलमा उद्योगी व्यवसायीले नेपाल बीमा प्राधिकरणका अध्यक्षलाई बीमा कम्पनीहरुको सेवा, शर्तलाई नियमन गरी क्लेम सेटलमेन्टका सन्दर्भमा सक्रियता अपाउन अनुरोध गरे । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका कोशी प्रदेश, नेपाल उद्योग परिसंघ कोशी प्रदेश, विराट व्यापार संघ र नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङका प्रतिनिधि, संगठनका पदाधिकारी, पूर्व अध्यक्ष, कार्यसमिति सदस्यहरु, उद्योगी व्यवसायीहरु, नेपाल बीमा प्राधिकरणका  र विभिन्न बीमा कम्पनीका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal