Skip to content

एनआरएनए विवादमा परराष्ट्र मन्त्रालयले निकास दिनु पर्छ : महेश श्रेष्ठ

nabil bank

टोक्यो।   गैर आवासीय नेपाली संघ (एनआरएनए) का निवर्तमान उपाध्यक्ष एवं ११ औं महाधिवेशनमा अध्यक्ष पदका प्रत्यासी महेश श्रेष्ठले एनआरएनए विवादमा परराष्ट्र मन्त्रालयले निकास दिनु पर्ने बताएका छन्। 

गत अक्टोबर महिनामा भएको अनलाइन चुनावमा व्यापक धाँधली भएको आरोपको छानबिन गर्नुको सट्टा आफु निर्वाचित भएको दावी गर्दै आएको बद्री केसी समूहले आफुलाई संस्थाको विवाद समाधान गर्न अनुरोध गरे पछि श्रेष्ठले त्यस्तो बताएका हुन्। 

  यो विवाद चर्कंदै जाँदा विगतको जस्तै अदालत पनि जान सक्ने हुनाले त्यो भन्दा पहिले परराष्ट्र मन्त्रालयले नै निकास दिनु पर्ने उनले बताए। 

केसी समूहका उपाध्यक्ष हेम राज शर्मा जापान आएको बेला  पूर्व सहकर्मि डा शर्मा लगायतका साथीहरुसँग भेट भएको र सो भेटमा संस्थाभित्र बढ्दै गएको विग्रहका बारेमा छलफल भएको उनले बताए । ‘त्यो एउटा अनौपचारिक भेटघाट मात्रै थियो, त्यसैले मैले बद्री केसी टिमलाई बधाई दिएँ भन्ने समाचार झुट्ठा हो।  कुनै भ्रममा नपर्न म साथीहरुलाई आग्रह गर्दछु,’ श्रेष्ठले भने।  

अनलाइन निर्वाचनमा गरिएको योजनाबद्ध  धाँधलीको  छानबिन गरी दोषीलाई कारवाही गरेर संघको अभियानलाई विश्वासिलो बनाउन श्रेष्ठले जोड दिंदै आएका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभाग (सीआइबी) ले  छानबिन गरी अनलाइन निर्वाचनमा योजनाबद्ध रुपमा अनियमितता गरिएको प्रमाण नेपाल सरकारलाई बुझाइ सकेको छ।  निर्वाचनमा गरिएको अनियमितता सार्वजनिक हुने भयले केसी पक्षले भने उक्त विवाद सुल्झाउन विभिन्न व्यक्तित्वहरुलाइ अनुरोध गर्न थालेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime