Skip to content
Prabhu

बढ्यो सुनको मुल्य, फेडको ब्याजदर कटौती गर्ने संकेत र द्धन्द मुख्य कारण

काठमाडौं । यो साता पनि विश्व बजारमा सुनको मूल्य बढेको छ । अमेरिकी रिजर्भ बैंक फेडले ब्याजदर कटौती गर्ने संकेत गरेसँगै बढेको सुनको  मूल्यमा विभिन्न मुलुकमा जारी द्धन्दले थप प्रभाव पारेको विश्लेषकहरूले बताएका छन् ।

उनीहरूले नयाँ वर्षमा सुनको मूल्यले रेकर्ड कायम गर्न सक्ने आंकलन समेत गरेका छन् ।

नेपाली बजारमा पनि यो साता सुनको मूल्य बढेको छ । साताको पहिलो दिन आइतबार प्रति १० ग्राम १ लाख ७ सय ४० रुपैयाँ पुगेको सुनको मूल्य  साताको दोस्रो दिन सोमबार बढेर त्यसपछिमा दुई दिन केही घटेको थियो । 

बिहीबार वाट पुनः बढेको मूल्य शुक्रवार १ लाख २ हजार १ सय १० कायम भयो । जुन साताको पहिलो दिनको तुलनामा अन्तिम दिन प्रति १० ग्राम १ हजार ३ सय ७० रुपैयाँले बढी हो ।

बिहीबार वाट पुनः बढेको मूल्य शुक्रवार १ लाख २ हजार १ सय १० कायम भयो । जुन साताको पहिलो दिनको तुलनामा अन्तिम दिन प्रति १० ग्राम १ हजार ३ सय ७० रुपैयाँले बढी हो ।

यो साता नेपाली बजारमा चाँदीको मूल्य पनि बढेको छ । साताको पहिलो दिन आइतबार १ हजार २ सय २२ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य साताको अन्तिम कारोबार भएको दिन शुक्रवार प्रति १० ग्राम १ हजार २ सय ६० रुपैयाँमा कारोबार भएको थियो । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal