Skip to content

लगानी ग्रुपका संस्थापक सिग्देल अमेरिकाको उदयमान व्यवसायिको सूचीमा

nabil bank
क्यालिफोर्निया स्टेट युनिभर्सिटीले अमेरिकामा बस्ने नेपालीहरूको कथा समेटिएको पुस्तक ‘हु इज हु इन द यूएसए’मा लगानी ग्रुपका संस्थापक सरोज सिग्देल सफल व्यवसायीको सूचीमा पर्न सफल भएका छन्। । अनुसन्धान मूलक तीन सय ३२ पृष्ठको पुस्तक पाँच भागमा विभाजित छ। जसलाई ६२ वटा प्रतिष्ठित विश्वविद्यालयले पुस्तकालयमा राख्ने भएका छन्।
पुस्तकमा अमेरिकाका ४४ राज्यमा बसोबास गरेर विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान दिएका नेपालीको कथा समेटिएको छ।   
सन् २००८ मा डिभी मार्फत अमेरिकामा पुगेका सिग्दलले एक बर्षमै व्यवसाय सुरू गरि राम्रोसंग  संचालन गर्दै आइरहेका छन् । उत्तर अमेरिका व्यापार–व्यवसाय स्थापना र विस्तार गर्नका लागि उचित बजार भएको, मेहनत, लगनशीलता र कटिबद्ध भएर सञ्चालन गर्ने हो भने अवश्य पनि सफलता हासिल गर्न कठिन छैन तसर्थ रोजगारी खोजीमा हल्लिनु भन्दा व्यवसाय स्थापना गरी समृद्ध समुदायमा रूपान्तरण गर्न सकिन्छ भन्ने सिग्देल हाल अमेरिकाको आर्कान्सस राज्यमा स-परिवार बसोबास गर्दै आएका छन् ।
पुँजी बजारमा पनि निरन्तर रूपमा लगानी गर्दै आएका सिग्देलसँग नेपालको पुँजी बजारको करिब दुई दशकको अनुभव छ। लगानी न्युजसँगको कुरा गर्दै सिग्देलले भने ” नेपाल स्टक एक्सचेञ्ज ( नेप्से ) पूर्ण स्वचालित अनलाइन प्रणालीमा जान लागेको समाचारबाट निकै ऊत्साहित छु किन भने स्वदेश तथा विदेशमा बसोबास गर्ने र आफूसँग भएको सानो वचतलाई लगानीको रूपमा उपयोग गर्ने मार्ग प्रस्तुत गरेको छ ।”
सिग्देलका अनुसार अहिले नेप्से परिसूचक सामान्य अवस्थामा भएकोले नयाँ लगानीकर्ता प्रवेश गर्न र पुराना लगानीकर्ताले लगानी थप गर्न उचित समयमा भएता पनि लगानी गर्नु पूर्व शेयर बजार सम्बन्धी धेरै भन्दा धेरै  ज्ञान र जानकारी हासिल गर्नु आवश्यक हुन्छ तसर्थ विभिन्न प्रकारका तालिमहरु लिनु पर्ने र यसका साथै बजारको इतिहासको पनि राम्रो ज्ञान आवश्यक पर्दछ।  
विदेशमा भएपनि सिग्देलले नेपाललाई   माया  मारेका मारेका छैनन्।  नेपालमा लगानी र  पुँजी -परिचालन गर्न लगानी ग्रुप सँग सङ्गठित भएका छन् । हाल लगानी ग्रुपले लगानी स्कुल, लगानी होल्डिड, लगानी न्युज सञ्चालन गरिरहेको छ भने स्वदेश तथा विदेशमा अन्य लगानीका समभावना अध्ययन गरिरहेको छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime