Skip to content

नेप्से सूचकमा मंगलबार पनि उछाल :कारोबार रकममा समेत वृद्धि

nabil bank
अर्जुन तिमल्सिना /काठमान्डौ: साताको तेस्रो दिन मंगलबार नेप्से परिसुचकमा दोहोरो अङ्कको वृद्धि भएको छ। आज नेप्से सूचकमा २० दशमलव ३३ अंकको वृद्धि भएको छ। २० दशमलव ३३ अंकको वृद्धि संगै नेप्से परिसूचक ११६३ दशमलव २६ अंकमा आइपुगेको छ। कारोबार रकममा समेत  सुधार आएको छ। मंगलबार नेप्सेमा १७६ वोटा कम्पनीको ४९ करोड ९२ लाख ५७ हजार रुपैयाँको कारोबार भएको छ। सोमबार ४० करोड २८ लाख ४० हजार रुपैयाँको कारोबार भएको थियो। आज नेपाल स्टक एक्सचेन्जमा १८ लाख ५२ हजार ४ सय ७० कित्ता सेयर किनबेच भएको छ र जम्मा ७ हजार ३ सय ०७ पटक कारोवार भएको छ।
कारोवार रकमका आधारमा माछापुछ्रे बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । यस कम्पनीको ३ करोड १५ लाख बराबरको सेयर कारोबार भएको छ। त्यस्तै दोस्रो स्थानमा एनसिसि बैँक रहेको छ । बैंकको  ३ करोड ११ लाख बराबरको शेयर कारोबार भएको छ । त्यस्तै कारोवार  रकमका आधारमा तेस्रोमा प्रभु बैंक, चौँथोमा अप्पर तामाकोसी र पाचौँमा नेपाल लाइफ इन्सुरेन्सको रहेको छ । 
सबैभन्दा बढी कमाउनेमा भने सिनर्जी पावर कम्पनीका सेयरधनी रहेका छन् । यस कम्पनीका सेयरधनीले १० प्रतिशतले कमाएका छन् । त्यस्तै दोस्रोमा सबैभन्दा कढी कमाउनेमा सपोर्ट माइक्रोफ़ाइनन्स कम्पनीका सेयर धनी रहेका छन् । यस कम्पनीका सेयर धनीले ९ दशमलव ८७ प्रतिशले कमाएका छन् । यस कम्पनीको फाल्गुन २७ गते बसेको संचालक समितिको बैठकले मर्जरमा जाने बिशेष प्रस्ताब सहित चैत्र २३ गते चौंथो साधारण सभा बोलाएको छ। साधारण सभामा ६६ दशमलव ६६ प्रतिसत हकप्रद सेयर दिएर चुक्ता पुंजी १० करोड पुर्याइने प्रस्ताव  पनि पेस गर्दैछ।

त्यस्तै सबैभन्दा बढी कमाउनेको सुचिमा तस्रोमा हिमालयन पावर पार्टनर, चौँथोमा कालिका पावर कम्पनी र पाचौमा सानिमा इकविटी फण्डका सेयरधनी रहेका छन् ।
सबैभन्दा बढी गुमाउनेमा भने सिटिजन्स म्युचल फण्ड-१ का ईकाईधनीहरु रहेका छन् । यसका ईकाईधनीले १ दशमलव ९२ प्रतिशतले गुमाएका छन् । त्यस्तै दोस्रोमा सबैभन्दा बढी गुुमाउनेमा सगरमाथा इन्सुरेन्स कम्पनीका सेयरधनी रहेका छन् । यस कम्पनीका सेयरधनीले १ दशमलव ५० प्रतिशले गुमाएका छन् । त्यस्तै सबैभन्दा बढी गुमाउनेको सुचिमा तस्रोमा निर्धन उत्थान बैंक, चौँथोमा आँखुखोला जलबिध्युत कम्पनी, र पाँचौँमा बेस्ट फाईनान्सका सेयरधनी रहेका छन् ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi