Skip to content
Prabhu

प्राइम कमर्सियल बैंकद्वारा लाभांश घोषणा, सेयरधनीलाई ५ प्रतिशतल नगद लाभांश दिने

nabil

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले आफ्ना सेयरधनीहरूलाई गत आवको नुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

बैंकले आफ्ना सेयरधनीलाई ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । बैंकको कात्तिक ११ गते बसेको सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो । बैठकले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट ५ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने निर्णय गरेको कम्पनी सचिव राज कुमार कार्कीले जानकारी दिएका छन् ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकले स्वीकृत गरी बैंकको आगामी बार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीहरूमा वितरण हुनेछ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal