काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा टीका भट्टराई नियुक्त भएका छन् । लघुवित्तको सञ्चालक समितिमा माछापुच्छ्रे बैंकको तर्फबाट नयाँ सञ्चालकमा भट्टराईलाई मनोनयन गरिएको हो ।
यसअघि माछापुच्छ्रे बैंकको प्रतिनिधित्व गर्दै सञ्चालकको भूमिकामा रहेका सुभाष जमरकटेललाई प्रतिस्थापन गर्दै अब टिका भट्टराईले नयाँ सञ्चालकको जिम्मेवारी सम्हाल्ने भएका छन् । भट्टराईले मिति २०८१ साल कात्तिक ९ गते, संस्थाको ८७ औं सञ्चालक समितिको बैठकमा पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।
उक्त शपथ कार्यक्रम संस्थाका सञ्चालक समितिका अध्यक्षको उपस्थितिमा सम्पन्न भएको थियो । महिला लघुवित्तको कम्पनी सचिव दिवस राज ओलीले सञ्चालक परिवर्तनसम्बन्धी जानकारी दिनुहुँदै संस्थाको दिगो विकास र वित्तीय समृद्धिका लागि भट्टराईको नेतृत्वमा सञ्चालक समितिले नयाँ दिशामा काम गर्ने अपेक्षा गरिएको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्