काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) को सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबार सुरु भएको ४५ मिनेटमा नै यो कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।
आजको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्य ११० रुपैयाँ १५ पैसाले बढेर १ हजार २१२ रुपैयाँ पुगेको छ । यो अघिल्लो कारोबार दिन भन्दा १० प्रतिशतले बढी हो । यो समाचार तयार पार्दासम्म समग्र परिसूचक भने ११ दशमलव १६ अंकले घटेको छ । यो अवस्थामा सेयर बजारमा ९४ करोड बढीको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्