काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार ९ अंकले घटेर बन्द भयो । समग्र बजार घट्दा पनि ४ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।
आज सेयर बजारमा लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेड, रिभर फल्स पावर लिमिटेड, माइ खोला हाइड्रोपावर र समृद्धि फाइनान्स कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज लाइफ इन्स्योरेन्स कर्पोरेसनको सेयर मूल्य ११० रुपैयाँ १५ पैसाले बढेर १ हजार २१२ रुपैयाँ पुगेको छ । यो अघिल्लो कारोबार भन्दा १० प्रतिशतले बढी हो ।
आज रिफर फल्स पावरको सेयर मूल्य पनि १० प्रतिशत अर्थात् ५२ रुपैयाँ २० पैसाले बढेर ५७४ रुपैयाँ २० पैसा पुगेको छ । त्यस्तै माइ खोला हाइड्रोपावरको सेयर मूल्य पनि १० प्रतिशत अर्थात् ४९ रुपैयाँ ६० पैसाले बढेर ५४५ रुपैयाँ ६० पैसा पुगेको छ ।
आजको कारोबार बन्द हुँदा समृद्धि फाइनान्सको सेयर मूल्य पनि ९.९९ प्रतिशत अर्थात् ७४ रुपैयाँ ७० पैसाले बढेर ८२२ रुपैयाँ ३० पैसा पुगेको छ । आज धेरै बढ्ने शीर्ष पाँच कम्पनीभित्र परेको कालिन्चोक दर्शन लिमिटेडको सेयर मूल्य ९.७७ प्रतिशतले बढेको छ । आज यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता १०० रुपैयाँले बढेर १ हजार १२४ रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्