Skip to content

माछापुच्छ्रे क्यापिटलद्वारा आदर्श माविलाई फिल्टर र डस्टबिन उपलब्ध

nabil bank

काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडले नवलपरासीको रामग्राममा रहेको आदर्श माध्यामिक विद्यालयलाई फिल्टर, डस्डबिन तथा मग हस्तान्तरण गरेको छ । क्यापिटलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयलाई उक्त सामग्री हस्तान्तरण गरेको हो ।

क्यापिटलले विद्यालयलाई १२ थान स्टिल फिल्टर, सफा वातावरणको लागि १५ थान डस्टबिन तथा १२ थान मग लगायतका सामानहरु प्रदान गरेको छ । उक्त समारोहमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत उपेन्द« मालाकार लगायत क्यापिटलका अन्य पदाधिकारीहरुको सहभागिता रहेको थियो । विद्यालयका तर्फबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण यादव, प्रधानाध्यापक ऋषि राम ढकाल, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, शिक्षक तथा विद्यार्थी वर्गहरु तथा अभिभावक समितिका अध्यक्ष लगायत सदस्यहरु उपस्थित थिए ।

धितोपत्र व्यवसायी (मचेन्ट बैंकर) कम्पनीको रुपमा स्थापित माछापुच्छ्रे क्यापिटल लिमिटेडल,े नेपाल धितोपत्र बोर्ड मार्फत धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य, सामूहिक लगानी कोषको कोष व्यवस्थापक तथा डिपोजिटरीको इजाजत प्राप्त गरि सेवा प्रदान गरिरहेको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime