Skip to content
Prabhu

आँखुखोला जलविद्युत कम्पनीको साधारणसभा स्थगित

nabil

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको सत्रौं वार्षिक साधारणसभा स्थगित भएको छ । कात्तिक १२ गते बोलाइएको सभा गणपुरक संख्या नपुगेपछि सभा स्थगित भएको कम्पनीले बताएको हो ।

कम्पनीले मैतिदेवीस्थित वैभव पार्टी प्यालेसमा ११ बजेदेखि शुरू हुने गरी सभा डाकेको थियो । लाभांश सम्बन्धी कुनै प्रस्ताव समावेश नगरिएको कम्पनीको सभामा गत आवका वित्तीय विवरणहरू पारित गर्ने र चालु आवका लागि लेखापरीक्षक नियुक्त गर्ने एजेण्डा समावेश थिए । सभा प्रयोजनार्थ कम्पनीले कात्तिक ४ गते बुक क्लोज गरिसकेको थियो ।

कम्पनीका अनुसार २२ प्रतिशत प्रोक्सी र १ प्रतिशत मात्र सेयरधनी उपस्थित भएका थिए । पुनः अर्काे सूचना प्रकाशित नभएसम्मका लागि सभा स्थगित गरिएको कम्पनी सचिवले जानकारी दिएका छन् ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal