Skip to content

शिखर इन्स्योरेन्सले अभिकर्ता र क्षति मूल्यांकनकर्ता तालिम सञ्चालन गर्ने

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पाँचवटा जिल्लामा कृषि तथा पशुपन्छी बीमा अभिकर्ता र क्षति मूल्याङ्कनकर्ता सम्बन्धी तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले काठमाडौं, चितवन, मकवानपुर, नुवाकोट र धादिङ्ग जिल्लामा अभिकर्ता र चितवनमा क्षति मूल्यांकनकर्ता तालिम सञ्चालन गर्न लागेको हो ।

कृषि तथा पशुपन्छी बीमा अभिकर्ताका लागि आवेदन दिने व्यक्ति एसएलसी वा सो सरहको परीक्षा उत्तीर्ण गरी कृषि वा पशु वा वनस्पति विज्ञानमा कम्तीमा एक वर्षको तालिम प्राप्त वा सो भन्दा माथिल्लो योग्यता प्राप्त गरेको हुनुपर्नेछ । क्षति मूल्यांकनकर्ताका लागि कृषि तथा वनस्पति वा पशुपन्छी सम्बन्धी विषयमा कम्तीमा प्लस टू वा प्रवीणता प्रमाणपत्र तह वा सो सरहको परीक्षा उत्तीर्ण गरेको हुनुपर्ने कम्पनीले जनाएको छ । इच्छुक व्यक्तिहरूले सम्बन्धित शाखा कार्यालयमा निवेदन दिन सक्नेछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T