काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक समूहको २८ हजार ३०१ कित्ता सेयर बिक्रीमा राखेको हो ।
उक्त सेयर जो–कोही व्यक्ति, कम्पनी वा संघसंस्थाहरूले खरीद गर्न पाउँछन् । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २७५ रुपैयाँ तोकिएको छ । इच्छुक खरीदकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी मूल्य कबोल गरी आवेदन दिनु पर्नेछ । आवेदन दिँदा घटीमा १ हजार कित्ता र बढीमा सम्पूर्ण कित्ता खरीदका लागि आवेदन दिन सकिनेछ ।
इच्छुक खरीदकर्ताले आफूले खरीद गर्न चाहेको सेयर संख्या र सोको मूल्य समेत खुलाई आज कात्तिक १३ गतेदेखि २७ गतेभित्र काठमाडौंको नक्सालस्थित मुक्तिनाथ क्यापिटल लिमिटेडमा बुझाउनु पर्नेछ ।
प्रतिक्रिया दिनुहोस्