काठमाडौं । चालु आर्थिक वर्षको पहिदो त्रैमासिकसम्ममा गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा उल्लेख्य सुधार देखिएको छ । लघुवित्तले सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको नाफा करिब १ हजार प्रतिशले बृद्धि भएको हो ।
असोज मसान्तसम्ममा लघुवित्तले खुद नाफा ९८८ प्रतिशतले बढाएर १ करोड एक लाख ६२ हजार रुपैयाँ पु¥याएको छ । गत आवको सोही अवधिमा लघुवित्तले नाफा ९ लाख ८८ हजार रुपैयाँ मात्रै रहेको थियो । वित्तीय विवरण अनुसार समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १४२ प्रतिशत बढेर ३ करोड १४ लाख १० हजार रुपैयाँ पुगेको छ । संस्थाले गत आर्थिक वर्षको सोही अवधिमा १ करोड २९ लाख ७५ हजार रुपैयाँ मात्र ब्याज आम्दानी गरेको थियो ।
त्यस्तै लघुवित्तको कुल सञ्चालन आम्दानी पनि ११२ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको यस अवधिमा संस्थाले १ करोड ९४ लाख ४४ हजार रुपैयाँ आम्दानी गरेकोमा चालु आर्थिक वर्षको पहिलो तीन महिनासम्ममा ४ करोड १२ लाख ८१ हजार रुपैयाँ आम्दानी गरेको छ ।
नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि उल्लेख्य बढेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ३५ रुपैयाँ नौ पैसा रहेको छ । साथै, लघुवित्तको मुल्य आम्दानी अनुपात ४७ रुपैयाँ, प्रति सेयर नेटवर्थ १३१ रुपैयाँ र तरलता अनुपात ९.३६ प्रतिशत रहेको छ ।
११ करोड ५८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ३ करोड ७० लाख रुपैयाँ रहेको छ । असोज मसान्तसम्ममा लघुवित्तले १ अर्ब ७७ करोड रुपैयाँ लगानी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्