काठमाडौं । टक्सार महाशाखामा तिहारका लागि सुनका असर्फी किन्न सर्वसाधारणको भीड लागेको छ । नेपाल राष्ट्र बैंकले आजदेखि सुनका असर्फी बिक्री गर्ने भएपछि महाशाखामा बिहानैदेखि सर्वसाधारणको भीड लागेको हो ।
महाशाखाले २.५ ग्राम तौलको सुनको सिक्का बिक्री गरिरहेको हो । असर्फी आज दिउँसो ४ बजेसम्म लिन पाइनेछ । राष्ट्र बैंकका अनुसार एक व्यक्तिले एउटामात्रै सुनको असर्फी पाउनेछ ।
राष्ट्र बैंकले चाँदीको सिक्का भने आइतबारदेखि नै बिक्री खुला गरेको थियो । टक्सार महाशाखाले १० र २५ ग्रामको लक्ष्मी, गणेश, गजलक्ष्मी र गाई अंकित चाँदीको सिक्री बिक्री गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्