Skip to content
Prabhu

अरुण भ्याली हाइड्रोपावरको लाभांश पारित

nabil

काठमाडौं । अरुण भ्याली हाइड्रोपावरको २७ औं वार्षिक साधारणसभा कात्तिक १४ गते सम्पन्न भएको छ । होटल क्रिस्टल पशुपति गौशाला काठमाडौंमा सम्पन्न साधारण सभाले गत वर्षको मुनाफाबाट सेयरधनीलाई करसहित ३ प्रतिशत बोनस सेयर र ०.१५७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले गत कात्तिक ५ गते बुक क्लोज गरेको थियो । तसर्थ, कात्तिक ४ गतेसम्म कायम रहेका सेयरधनीले उक्त लाभांश पाउनेछन् । साथै, सभाले आर्थिक वर्ष २०८०/८१ को संचालक समितिको वार्षिक प्रतिवेदन, वासलात नाफा नोक्सान हिसाबलाई छलफल गर्दै पारित गर्नुका साथै अर्को आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति गर्दै निजको पारिश्रमिक निर्धारण पनि गरेको हो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal