Skip to content

एनएलजी इन्स्योरेन्सले हकप्रद सेयर जारी गर्ने, मंसिर ११ गतेदेखि आवेदन दिन पाइने

nabil bank

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले मंसिर ११ गतेदेखि हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले १०ः६.२५६ को अनुपातमा सेयरधनीहरूका लागि प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका दरले ९६ करोड ३१ लाख २२ हजार २२ रुपैयाँ बराबरको ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो ।

हकप्रद निष्काशन प्रयोजनार्थ कात्तिक २७ गते कम्पनीले बुक क्लोज गर्ने भएकाले कात्तिक २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले मात्रै कम्पनीको हकप्रद सेयर किन्न पाउँछन् । हकप्रद सेयर निष्काशन पुस १ गते बैंकिङ्ग समयपछि बन्द हुने कम्पनीले जनाएको छ ।

इच्छुक लगानीकर्ताले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराईज लिमिटेड, एनएजली इन्स्योरेन्सका केन्द्रीय तथा विभिन्न क्षेत्रिय कार्यालयहरू, लक्ष्मी सनराइज बैंकका तोकिएका शाखा कार्यालय र सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालय मार्फत आवेदन दिन सकिनेछ ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ५३ करोड ९५ लाख ३५ हजार ९५८ रुपैयाँ छ भने हकप्रद सेयर बाँडफाँड पश्चात् कम्पनीको चुक्ता पुँजी २ अर्ब ५० करोड २६ लाख ५७ हजार ९८२ रुपैयाँ पुग्नेछ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi