Skip to content
Prabhu

ग्लोबल आइएमई बैंकका ग्राहकलाई यती एयरलाइन्सको टिकट खरिदमा ५०० क्यासब्याक

nabil

काठमाडौं । ग्लोबल आइएमई बैंकका ग्राहकहरुले यती एयरलाइन्सको टिकट खरिदमा निश्चित क्यासब्याक पाउने भएका छन् । बैंकको मोबाइल बैंकिङ ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोगकर्ताहरुले यती एयरलाइन्सको हवाई टिकटको खरिदमा ५ सय रुपैयाँ क्यासब्याक पाउने भएको हो ।

बैंकका ग्राहकहरु तथा ग्राहक परिवारका सदस्यहरुले ग्लोबल स्मार्ट प्लसबाट यती एयरलाइन्सको टिकट बुक गर्दारकाट्दा ‘FLYYETI’ प्रोमो कोड प्रयोग गरी ५ सय रुपैयाँ क्यासब्याक पाउन सक्ने बैंकले जनाएको छ । बैंकका अनुसार ग्राहकहरुले यो प्रोमो कोड ३ पटकसम्म प्रयोग गर्न सक्नेछन् । यो क्यासब्याक योजना नोभेम्बर २९ सम्म रहनेछ ।

बैंकको ३ सय ५४ शाखा कार्यालय, ३ सय ८४ एटिएम, २ सय ५५ शाखा रहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १ हजार १ सयभन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal