Skip to content
Prabhu

डिप्रोक्स लघुवित्तको खुद नाफामा करिब २३ प्रतिशतको गिरावट

nabil

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा करिब २३ प्रतिशतले कमी आएको छ । लघुवित्तले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्मको वित्तीय विवरण अनुसार खुद नाफामा २२.९८ प्रतिशले गिरावट आएको हो ।

लघुवित्तले गत आवको असोज मसान्तसम्म ८ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । चालु आवमा लघुवित्तले ६ करोड ७९ लाख रुपैयाँ मात्रै नाफा कमाएको छ । समीक्षा अवधिमा कम्पनीको सञ्चालन नाफा १२ करोड ६० लाख रुपैयाँबाट घटेर ९ करोड ७१ लाख रुपैयाँमा झरेको छ ।

चालु आवमा कम्पनीको खुद ब्याज आम्दानी भने २४.५० प्रतिशतले बढेर ४१ करोड ६१ लाख रुपैयाँभन्दा बढी पुगेको छ । जुन गत वर्ष ३३ करोड ४२ लाख रुपैयाँभन्दा बढी थियो । समीक्षा अवधिमा कम्पनीको कुल सञ्चालन आम्दानी पनि ४० करोड २० लाख रुपैयाँबाट बढेर ४६ करोड २२ लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा कम्पनीको खराब कर्जा ५.१४ प्रतिशतबाट बढेर ९.०१ प्रतिशत पुगेको छ ।

लघुवित्तको प्रतिसेयर आम्दानी (ईपीएस) २२.७६ रुपैयाँबाट घटेर १५.९४ रुपैयाँमा झरेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २१७.६२ रुपैयाँ छ । १ अर्ब ७० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङमा ४१ करोड छ भने रिजर्भमा १ अर्ब ५९ करोड रुपैयाँ छ । कम्पनीले ग्राहकमा २४ अर्ब १६ करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ भने ९ अर्ब ८१ करोडभन्दा बढी निक्षेप संकलन गरेको छ ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal