काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले ४३ल लाख भन्दा बढीले घाटामा देखिएको छ । लघुवित्तले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिकम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार ४३ लाख ५३ हजार रुपैयाँले नोक्सानीमा रहेको हो ।
गत वर्षको यसैअवधिमा संस्थाले ५२ लाख ८३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यस संस्थाको खुद ब्याज आम्दानी १६.१७ प्रतिशतले बढेर ३ करोड १३ लाख पुगेको छ । गत वर्ष उक्त आम्दानी २ करोड ६९ लाख रुपैयाँ थियो । लघुवित्तले प्रोभिजनका लागि छुट्याएको रकम ७०.२३ प्रतिशतले बढेको छ । प्रोभिजनको रकम बढ्दा संस्थाले घाटा व्यहोरेको हो ।
चुक्ता पुँजी ६ करोड ८५ लाख रुपैयाँ रहेको यस संस्थाको जगेडा कोषमा २० करोड ५ लाख रुपैयाँ छ । पुँजीको तुलनामा जगेडा कोषको आकार करिब ३ गुणा ठूलो छ । एनपीएल भने १४.४३ प्रतिशत पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्