Skip to content

वाणिज्य बैंकहरुले एक वर्षमा करिब ७९ प्रतिशत ब्याज संकलन गरे, अझै पौने ३ अर्ब बाँकी

nabil bank

काठमाडौं । पछिल्लो समय बैंकहरुको कर्जाको ब्याज असुलीमा सुधार देखिएको छ । चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा बैंकहरुले करिब ७९ प्रतिशत ब्याज असुली गर्न सफल भएका छन् । बैंकहरुले चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा ७८.९८ प्रतिशतल ब्याज असुली गर्न सफल भएका हुन् ।

गत आवको असोज मसान्तसम्म १३ अर्ब ४४ करोड भन्दा बढी ब्याज असुली हुन बाँकी रहेका बैंकहरुले चालु आवको असोजमसान्तसम्ममा ७८.९८ प्रतिशत अर्थात् १० अर्ब ६१ करोड भन्दा बढी ब्याज असुली गरेका छन् । अब १४ वटा बैंकको २ अर्ब ८२ करोड ४७ लाख १४ हजार रुपैयाँ ब्याज उठाउन बाँकी रहेको छ ।

पछिल्लो समयमा समग्र अर्थतन्त्रमा देखिएको समस्याका कारण बैंकको ऋण असुली हुन नसकेको हो । समयमा नै कर्जा असुली हुन नसक्दा बैंकहरुको खराब कर्जाको मात्रा समेत बढ्दै गएको छ । पछिल्लो विवरण अनुसार ६ वटा वाणिज्य बैंकले भने विगतमा उठ्न नसकेको कर्जाको ब्याज अहिले उठाएका छन् । यसअवधिमा हिमालयन बैंक, कृषि विकास बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, माछापुच्छ्रे बैंक, प्राइम कमर्सियल बैंक र स्टान्डर्ड चाटर्ड बैंकले भने सबै ब्याज उठाएका छन् । यी बैंकले १ वर्षको अवधिमा ६४ अर्ब १९ लाख ५० हजार रुपैयाँ असुली हुन नसकेको कर्जाको ब्याज अहिले उठाएका हुन् ।

सबैभन्दा धेरै उठ्न नसकेको कर्जाको ब्याज बाँकी रहेको बैंकमा नबिल बैंक रहेको छ । यो बैंकको ४९ करोड ९४ लाख २७ हजार रुपैयाँ कर्जाको ब्याज उठाउन सकेको छैन । त्यस्तै, एनएमबि बैंकले ४८ करोड ७९ लाख २२ हजार रुपैयाँ ब्याज उठाउन सकेको छैन । यता, कुमारी बैंकको ३२ करोड र एनआइसी एसिया बैंकले ३१ करोड ४१ लाख रुपैयाँ ब्याजदर उठाउन सकेका छैनन् ।

त्यस्तै राष्ट्रिय वाणिज्य बैंकले पनि अझै २७ करोड ९५ लाख रुपैयाँ ब्याज उठाउन बाँकी रहेको छ । सिटिजन्स बैंकले २० करोड ५८ लाख प्रभु बैंकले १७ करोड ४ लाख, सिद्धार्थ बैंकले १४ करोक्ष् ३१ लाख, नेपाल बैंकले १३ करोड ७६ लाखरुपैयाँ ब्याज उठाउन बाँकी रहेको छ । त्यस्तै एभरेष्ट बैंकले ९ करोड ५१ लाख, ग्लोबल आइएमई बैंकले ६ करोड ६३ लाख, लक्ष्मी सनराइज बैंकको ६ करोड १५ लाख र एसबिआई बैंकको ३ करोक्ष् ४१ लाख रुपैयाँ ब्याज उठ्न बाँकी रहेको छ । हाल सबैभन्दा कम ब्याज उठाउन बाँकी रहनेमा सानिमा बैंक रहेको छ । यस बैंकले जम्मा ५८ लाख ४ हजार रुपैयाँ ब्याज उठाउन सकेको छैन ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime