काठमाडौँ । एभरेष्ट बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच अलिपे प्लसको नेटवर्कमा रहेका सदस्य वालेटहरुमार्फत नेपालपे मर्चेन्टहरुका क्युआरमा अन्तरदेशीय भुक्तानी गर्नका लागि सम्झौता भएको छ ।
सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् । सो सम्झौताअन्तर्गत नेपालमा रहेका नेपाल पे क्युआर तथा यसअन्तर्गतका इन्टरओपरेबल क्युआरको मर्चेन्ट क्युआरमा अलिपे प्लसको नेटवर्क मार्फत भुक्तानी गर्न सकिने छ ।
चाइना, हङकङ, सिंगापुर, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, मंगलिया, थाइल्याण्ड, साउथ कोरिया, स्वीडेन तथा इटलीलगायतका देशहरुबाट नेपाल आएका पर्यटकहरुले आनो डोमेस्टिक वालेटमार्फत नेपालमा रहेका नेपाल पे क्युआर तथा यसका इन्टरओपरेबल क्युआरमा सजिलै भुक्तानी गर्न सक्नेछन् ।
अलिपेको नेटवर्कमा ६६ वटा विभिन्न ग्लोबल मार्केटअन्तर्गत ३० भन्दा बढी इसुइङ उपकरण, ३०० भन्दा बढी एक्वाइरिङ नेटवर्क, ९ करोडभन्दा बढी ग्लोबल मर्चेन्टहरु आबद्ध छन् । यस नेटवर्कमा अलिपे चीन, ओसिबिसी, च्याङ्गीपे जीक्यास, अलिपेएचके, हाइपे, काकाओपे, टसपे, नेभरपे, टिएनजीडि, पिबिबि, ट्रुमनी, एमपे, टिनावामार्फत अन्तरदेशीयभुक्तानीहरु गर्न सकिने व्यवस्था रहेको छ ।
एनसीएचएलले अलिपे प्लससँग अन्तराष्ट्रिय भुक्तानी साझेदारका रुपमा आबद्ध भई दुइ नेटवर्कबीच भुक्तानी सुचारु गर्नका निम्ती आवश्यक व्यवस्था मिलाइसकेको छ । यसै पहल अनुरुप अब एभरेष्ट बैंकसँग सो भुक्तानी सेवा कार्यान्वयन गर्ने सम्झौता भएको हो ।
नेशनल पेमेन्ट स्वीचअन्तर्गतको नेपालपे क्युआर मापदण्ड कार्यान्वयन गर्न, नेपाल पे एक स्वतन्त्र क्युआर स्किमको रुपमा सञ्चालन हुनुको साथै मर्चेन्ट तथा नेटवर्क लेभलको अन्तरआबद्धता कायम गर्न स्थापना भएको पूर्वधार हो । हाल नेपालपे क्युआरको नेटवर्कमा ८ लाख ५० हजारभन्दा बढी (इन्टरओपरेबल क्युआर समेतका) मर्चेन्टहरु आबद्ध छन् ।
एभरेष्ट बैंकले आफ्ना ३९ हजार १६७ डिलिभरी च्यानलहरु, नेपालमा रहेका १० हजार ९८ शाखाहरु, नेपालबाहिर रहेका २ वटा शाखा, १३ हजार ३ सय ५० एटिएमहरु तथा १५ हजार ७१९ बिजिनेस करेस्पोन्डेन्टहरुमार्फत आफ्ना १४ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ । बैंकले नेपालपे क्युआरमा २३ हजारभन्दा बढी मर्चेन्टहरु आबद्ध गरिसकेको छ ।












प्रतिक्रिया दिनुहोस्