Skip to content

पहिलो त्रैमास अनुसार नबिल बैंक र इन्भेस्टमेन्ट बैंकलाई दाँजेर हेर्दा (तुलनात्मक अध्ययन )

nabil bank



लगानीन्युज टीमले आर्थिक वर्ष ७५/७६ को प्रथम त्रैमासको वित्तिय विवरण अनुसार नबिल बैंक र नेपाल इन्भेस्टमेन्ट चार्टर्ड बैंक विच गरेको तुलानात्मक अध्ययन :

      (रकम हजारमा) 

* २०७५ साल मंसिरको ५  गते बुधबारको बजार मूल्य अनुसार 
* NFRS अनुसार 
चुक्ता पुँजीको आधारमा :
चुक्ता पुँजी नेपाल इन्भेस्टमेन्ट बैंकको धेरै छ। नेपाल इन्भेस्टमेन्ट बैंकको चुक्ता पुँजी १० अर्ब ६४  करोड छ भने नबिल बैंकको चुक्ता पुँजी ८ अर्ब ४ करोड छ।  


जगेडा कोषमा इन्भेस्टमेन्ट बलियो 
नेपाल इन्भेस्टमेन्ट बैंकको जगेडा कोषमा १५ अर्ब ६४ करोड रुपैया संचित छ भने नबिल बैंकको जगेडा कोषमा १३ अर्ब ७९ करोड रुपैया संचित छ।  
निक्षेप र कर्जामा नबिल बैंक अघि :
नबिल बैंकले १ खर्ब ४३ अर्ब निक्षेप संकलन गरी १ खर्ब २८ अर्ब कर्जा प्रवाह गरेको छ भने नेपाल इन्भेस्टमेन्ट बैंकले  १ खर्ब ४१ अर्ब  निक्षेप संकलन  गरी १  खर्ब २४ अर्ब कर्जा प्रवाह गरेको छ। 
आम्दानीमा इन्भेस्टमेन्ट राम्रो  :
आर्थिक वर्ष ७५ /७६ को प्रथम त्रैमास सम्म नेपाल इन्भेस्टमेन्ट बैंकले १ अर्ब ५ करोड ४६ लाख खुद नाफा गरेको छ भने नबिल बैंकले १ अर्ब  ५  करोड २४  लाख खुद नाफा गरेको छ।


प्रति शेयर आम्दानीमा नबिल राम्रो :
नबिल बैंकको प्रति शेयर आम्दानी ५१ रुपैयाँ  ३६ पैसा छ भने नेपाल इन्भेस्टमेन्ट  बैंकको प्रति शेयर आम्दानी ३९ रुपैयाँ ६३ पैसा छ।
  
कुन सस्तो कुन महङ्गो ?
बुधबारको बजार मूल्य र प्रति शेयर आम्दानीलाई हेर्दा नबिलको मूल्य आम्दानी अनुपात १७ दशमलव ६४  गुणा छ भने नेपाल इन्भेस्टमेन्ट बैंकको मूल्य आम्दानी अनुपात १५ दशमलव ८७ गुणा छ। यो मानेमा नेपाल इन्भेस्टमेन्ट  बैंक सस्तो छ।  

सुनिल बरालबाट तयार गरिएको। 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi