Skip to content

सूर्यज्योति लाइफको ५ लाख ८२ हजार कित्ता सेयर बिक्रीमा

nabil bank

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले केही संस्थापक सेयरधनीहरूको नाममा रहेको ५ लाख ८२ हजार ८५८ कित्ता सेयर बिक्रीमा राखेको हो ।

उक्त सेयर हाल कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै किन्न पाउँछन् । सेयर किन्न इच्छुक संस्थापकले आवश्यक पर्ने कागजात सहित ३५ दिनभित्र आफूले किन्न चाहेको सेयर संख्या र सोको मूल्य समेत खुलाई सेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटल लिमिटेडमा शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ ।

साथै तोकिएको म्यादभित्र संस्थापकबाट सेयर खरीदका लागि आवेदन नपरेमा सो सेयर सर्वसाधारणलाई बिक्री गरिने कम्पनीले बताएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi