Skip to content
Prabhu

सिटिजन्स बैंकको ४ लाख कित्ता संस्थाप सेयर बिक्रीमा

nabil

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनी पदम केशरी श्रेष्ठको नाममा रहेको ४ लाख कित्ता सेयर बिक्रीमा राखेको हो ।

उक्त सेयर हाल बैंकका विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै किन्न पाउँछन् । बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०२ रुपैयाँ तोकिएको छ । सेयर किन्न इच्छुक संस्थापकले आवश्यक पर्ने कागजात सहित ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।

साथै तोकिएको म्यादभित्र संस्थापकबाट सेयर खरीदका लागि आवेदन नपरेमा सो सेयर सर्वसाधारणमा बिक्री गरिने बैंकले जनाएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal