Skip to content

पर्यटन व्यवसायी वाग्लेको निधन

काठमाडौँ । वरिष्ठ पर्यटन व्यवसायी देवेन्द्र वाग्लेको निधन भएको छ । तत्कालीन नेपाल पर्यटन व्यवसायी संघ (निट) नेपालका महासचिवसमेत रहेका ५५ वर्षीय वाग्लेको आइतबार साँझ ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको पर्यटन व्यवसायी पशुपति कँडेलले जानकारी दिए । अकस्मात कलेजोको समस्या देखिएपछि वाग्लेलाई कात्तिक १९ गते उक्त अस्पतालमा भर्ना गरिएको थियो ।

नेपाली कांग्रेस गोरखाका महाधिवेशन प्रतिनिधिसमेत रहेका वाग्लेले काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा होटल, ट्राभल, टुर्सलगायत व्यवसाय सञ्चालन गर्दै आउएका थिए। उनले जलविद्युत्, बीमा, बैंकलगायतमा समेत लगानी गरेका छन्।

वाग्लेको आज बिहान पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T