काठमाडौँ । उपकार लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्ममा २७ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमासिकसम्मको अवधिमा उक्त नाफा आर्जन गरेको हो ।
गत वर्षको यसैअवधिमा संस्था ३ करोड ३७ लाख रुपैयाँ घाटामा थियो । कम्पनीको खुद ब्याज आम्दानी ४७.७८ प्रतिशतले बढेर २ करोड ५९ लाख पुगेको छ । गत वर्ष उक्त आम्दानी १ करोड ७५ लाख रुपैयाँ थियो । त्यस्तै, कम्पनीको सचालन आम्दानी १४ लाख ३७ हजार रुपैयाँ ऋणत्मक रहेको छ ।
समिक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी १० करोड ६१ लाख रुपैयाँ, जगेडा कोषमा १५ करोड २ लाख रुपैयाँ र खराब कर्जा ३.६८ प्रतिशतले घटेर १.१५ प्रतिशतमा पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ४.१६ रुपैयाँ र प्रतिसेयर नेटवर्थ २३७.४३ रुपैयाँ छ ।
प्रतिक्रिया दिनुहोस्