Skip to content
Prabhu

एनएमबि लघुवित्तको नाफा धनात्मक

nabil

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्ममा नाफामा सुधार गरेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमासिकसम्मको वित्तीय विवरण अनुसार गत आवमा ऋणात्मक रहेको नाफा अहिले धनात्मक भएको हो ।

गत वर्षको असोज मसान्तसम्म कम्पनीको खुद नाफा ४ करोड ७३ लाख रुपैयाँ ऋणात्मक रहेकोमा चालु आवको सोही अवधिमा ७१ लाख रुपैयाँले धनात्मक भएको छ । गत वर्ष ४ करोड ७० लाख रुपैयाँ ऋणात्मक रहेको सञ्चालन नाफा घटेर ७१ लाख रुपैयाँ धनात्मक भएसँगै खुद नाफामा टेवा पुगेको हो ।

समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी पनि ५ करोड ७४ लाख रुपैयाँबाट बढेर ८ करोड ८ लाख रुपैयाँ पुगको छ। कम्पनीको कुल सञ्चालन आम्दानी समेत ६ करोड ५८ लाख रुपैयाँबाट वृद्धि भई ९ करोड ८ लाख रुपैयाँ पुगेको छ । गत वर्ष कम्पनीको प्रतिसेयर आम्दानी २६.२५ रुपैयाँ ऋणात्मक रहेकोमा चालु आवमा ३.९७ रुपैयाँ धनात्मक भएको छ । समीक्षा अवधिमा कम्पनीको खराब कर्जा समेत ०.९० प्रतिशतले घटेर ६.३७ प्रतिशतमा झरेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १३०.२४ रुपैयाँ छ ।

चुक्ता पुँजी ७२ करोड १४ लाख रुपैयाँ रहेको यस कम्पनीको सेयर प्रिमियम ७ करोड २९ लाख, रिटेन्ड अर्निङमा ५ करोड ५० लाख ऋणात्मक र रिजर्भमा २० करोड रुपैयाँ छ। कम्पनीको सापटी ३ अर्ब ३८ करोड रुपैयाँभन्दा बढी छ भने कर्जा प्रवाह ५ अर्ब ४९ करोड रुपैयाँभन्दा बढी छ। त्यस्तै कम्पनीले १ अर्ब ३० करोड रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal