काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले ११ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनी कविता कुमारी चौधरीको नाममा रहेको ५ हजार कित्ता र सुरत लाल चौधरीको नाममा रहेको ६ हजार कित्ता सेयर बिक्रीमा राखेको हो ।
उक्त सेयर सर्वसाधारण व्यक्ति वा संघसंस्थाहरूले मात्रै किन्न पाउँछन् । इच्छुक लगानीकर्ताले आवश्यक पर्ने कागजात सहित आफूले किन्न चोहेको सेयर विवरण खुलाई ७ दिनभित्र सप्तरीको अग्नीसाइर कृष्णासवरण–६ महुलीस्थित कम्पनी सविको कार्यालयमा निवेदन दिनु पर्नेछ । सेयरको मूल्य बिक्रेताले तोकेबमोजिम हुने कम्पनीले जनाएको छ ।
साथै उक्त सेयर यसअघि नै संस्थापकहरूले मात्रै किन्न पाउँने गरी बिक्री खुला गरिसकिएको कम्पनीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्