काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एनएलजी इन्स्योरेन्सको सेयरमूल्य समायोजन भएको छ । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ इन्स्योरेन्सले बुकक्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेले इन्स्योरेन्सको ६२.५६ प्रतशित हकप्रद सेयर समायोजन गरेको हो । समायोजनपश्चात इन्स्योरेन्सको सेयरमूल्य ८६२ रुपैयाँ १८ पैसा कायम भएको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा इन्स्योरेन्सको सेयरमूल्य समायोजन गरेको हो ।
अघिल्लो दिन अर्थात सोमबार दोस्रो बजारमा इन्स्योरेन्सको सेयर प्रतकित्ता १ हजार ३३९ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्