Skip to content
Prabhu

डिप्रोक्स लघुवित्तद्वारा कर्जा लिएर ऋणी नतिर्ने १२७ ऋणीलाई ३५ दिने सूचना

nabil

काठमाडौं । भरतपुरस्थित डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले सो संस्थाबाट ऋण लिएकाको हकमा ३५ दिने सूचना जारी गरेको छ । सो संस्थाबाट ऋणीहरुको नाममा ३५ दिनभित्र कर्जा चुक्ता गर्न आउन सूचना जारी गरिएको हो । संस्थाले १२७ ऋणीको नाममा सूचना जारी गरेको छ ।

उक्त संस्थासँग सम्झौताअनुसार कर्जा रकमको साँवा र ब्याजको रकम नियमित रुपमा भुक्तान गर्न पटक पटक मौखिक तथा लिखित जानकारी गराउँदा पनि भुक्तानी गर्न नआएको भन्दै ऋणीहरुको नाममा सूचना जारी गरिएको छ ।

सूचना जारी भएपछि पनि अटेर गरी कर्जा रकमको साँवा र ब्याजवापतको रकम भुक्तान नगर्ने ऋणीको असल अचल सम्पति बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ अनुसार असुलउपर गरिने पनि उक्त संस्थाले सूचनामा उल्लेख गरेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal