Skip to content
Prabhu

‘अनर एक्स७सी’ नेपालमा सार्वजनिक, २ हजार ग्राहकलाई निःशुल्क स्मार्ट वाच

काठमाडौं । ‘अनर एक्स७सी’ ले उत्कृष्ट फोन बजारमा ल्याएको छ । यो फोनमा आजश्यक सबै सुविधा र थप विशेषताहरू ग्राहले पाउने जनाइएको छ । लामोसमयसम्म टिक्ने ब्याट्री, ठूलो स्टोरेज, राम्रो क्वालिटीको फोटोग्राफीसहित पहिलाका सेटहरुमा भन्दा केही थप फिचर यसमा पाउन सकिने जनाइएको छ ।

कम्पनीले भनेको छ, ‘हामी तपाईँलाई ५९ स्टार ड्रप प्रतिरोध (१.५ मिटर), ३६० (डिग्री एन्टी) ड्रप प्रोटेक्शन, धुलो र पानी प्रतिरोधी र रेटिङ सहितको स्मार्टफोन दिन्छौं।’

अर्घाखाँची सिमेन्ट
Hyundai

यसमा ६००० एमएएच ब्याट्री रहेको छ। जसले गर्दा बारम्बार चार्ज गर्न पर्ने झन्झट हुँदैन। ३०० प्रतिशतसम्म ठूलो आवाज दिने डुअल स्टीरियो स्पिकर पनि यो मोबाइलमा उपलब्ध छ । यो फोनमा अल्ट्रा (पावर) सेभिङ्ग मोड प्रयोग गर्दा, मात्र २ प्रतिश ब्याट्रीमा पनि ७५ मिनेटसम्म कल गर्न सकिनेछ।

यो धेरै विशेषतासहितको स्मार्टफोनले ग्राहकले सोचेभन्दा बढी कुरा प्रदान गर्ने कम्पनीको दाबी छ । प्रयोग गरेपछि यसका थप विशेषताहरू पत्ता लाग्ने बताएको छ। यी सबै विशेषतासहितको ‘अनर एक्स७सी’  हाल अफरसहित उपलब्ध छ । यसको आधिकारिक लन्च मिति ११ नोभेम्बर २०२४ मा थियो।

यसको जम्मा मूल्य २४ हजार ९ सय ९९ रुपैयाँ रहेको छ। यो दराजलगायत विभिन्न अनलाई स्टोरहरुबाट पनि किन्न सकिनेछ। यो फोन किन्ने सुरुका २ हजार व्यक्तिले निःशुल्क स्मार्टवाच पाउने पनि व्यवस्था रहेको छ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्