Skip to content
Prabhu

हिमालयन लाइफको नाफा २५ करोड बढी, ईपीएस कति ?

nabil

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको नाफामा २५ करोड भन्दा बढी पुगेको छ । कम्पनीले सार्वजनिक गरेको चालू आर्थिक वर्ष (आव) को पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार २५ कोड ३७ लाख नाफा कमाएको हो ।

यो नाफा गत आवको पहिलो तीन महिनाको तुलनामा ५.१२ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा कम्पनीले २४ करोड १३ लाख रुपैयाँ नाफा कमाएको थियो ।

पहिलो त्रैमासिकसम्ममा कम्पनीको जीवन बीमा कोषमा ६७ अर्ब १७ करोड रुपैयाँभन्दा बढी जम्मा भएको छ । पहिलो त्रैमाससम्ममा कम्पनीले ४ अर्ब १७ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो बीमाशुल्क गत आवको तुलनामा सामान्य घटेको हो। गत आवको पहिलो त्रैमाससम्ममा कम्पनीले ४ अर्ब २२ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

८ अर्ब २ करोड रुपैयाँ चुत्ता पुँजी भएको कम्पनीले पहिलो त्रैमाससम्म जगेडा कोषमा २ अर्ब ३१ करोड र महाविपत्ति कोषमा ५१ करोड २७ लाख सञ्चित गरेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ९ रुपैयाँ १२ पैसा र प्रतिसेयर नेटवर्थ २७७ रुपैयाँ ६७ पैसा छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal