काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको नाफा चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्ममा साढे १६ करोड भन्दा माथि पुगेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसा १६ करोड ६१ लाख ४१ हजार रुपैयाँ खुद नाफा कमाएको हो ।
गत आर्थिक वर्षमा कम्पनीले १६ करोड ५३ लाख २७ हजार रुपैयाँ नाफा गरेको थियो । चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीको जीवन बीमा कोषको आकार ९.८५ प्रतिशतले बढेर ८ अर्ब २४ करोड १ लाख रुपैयाँ पुगेको छ । यो गत वर्ष ७ अर्ब ५० करोड १० लाख रुपैयाँ थियो ।
त्यसैगरी कम्पनीको जगेडा कोषमा ६९ करोड ३२ लाख ८६ हजार रुपैयाँ संचिति रहेको छ । कुल ३ अर्ब ९६ करोड चुक्ता पुँजी भएको यस कम्पनीले चालु आर्थिक वर्षमा १ अर्ब १६ करोड १७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । यो गत वर्षको तुलनामा २२.९८ प्रतिशतले बढी हो ।
यसअवधिमा कुल दाबी भुक्तानी ५१.२२ प्रतिशतले बढेर १ अर्ब १६ करोड रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १६ रुपैयाँ ७८ पैसा, प्रतिसेयर नेटवर्थ १६३ रुपैयाँ ८२ पैसा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्